गौर नगरपालिका–८ हनुमान मन्दिर परिसरमा ढल तथा फोहोर व्यवस्थापनको समस्या

श्री कान्त यादव रौतहट गौर नगरपालिका–८ स्थित हनुमान मन्दिर तथा पिपलको बोट परिसरमा ढल तथा फोहोर व्यवस्थापनको समस्या देखिएको छ। धार्मिक तथा सार्वजनिक स्थलका रूपमा महत्वपूर्ण रहेको उक्त परिसरमा ढलको उचित निकास र फोहोर व्यवस्थापन हुन नसक्दा स्थानीयवासी तथा मन्दिरमा आउने श्रद्धालुहरूलाई समस्या भएको गुनासो गरिएको छ।
परिसर वरिपरि फोहोर थुप्रिनुका साथै ढलको पानीको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिने र वातावरणसमेत प्रदूषित हुने अवस्था देखिएको स्थानीयको भनाइ छ। विशेषगरी धार्मिक स्थलमा सरसफाइको अभाव हुँदा श्रद्धालु तथा आगन्तुकहरूमा नकारात्मक प्रभाव पर्ने गरेको बताइएको छ।
स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै हनुमान मन्दिर तथा पिपलको बोट परिसरमा नियमित सरसफाइ, ढल निकासको उचित व्यवस्था र फोहोर व्यवस्थापनका लागि आवश्यक पहल गर्न माग गरेका छन्।
धार्मिक तथा सार्वजनिक सम्पदाको संरक्षणसँगै स्वच्छ र सफा वातावरण कायम गर्न गौर नगरपालिका तथा सम्बन्धित वडा कार्यालयले तत्काल ध्यान दिनुपर्ने स्थानीयको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here