एचआईडिसीएलको हकप्रद सेयरका लागि आवेदन दिने समय थपियो
सोमबार, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को हकप्रद सेयरका लागि आवेदन दिने समय थप भएको छ ।
गत ५ साउनदेखि यस कम्पनीको हकप्रद सेयरमा आवेदन खुला भएको थियो ।
निर्धारित समयमा आईपीओका लागि पर्याप्त आवेदन नपरेपछि समय थप गरिएको हो ।
हकप्रद निष्काशनका लागि कम्पनीले जेठ २८ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो ।
आगामी २५ साउनसम्म कम्पनीको हकप्रदका लागि आवेदन दिन पाइने भनिएकोमा अब भदौ ८ गतेसम्म आवेदन दिन पाइनेछ ।
एचआईडीसीएलका सेयरधनीहरुले १ बराबर एक कित्ताका दरले आवेदन दिन पाउनेछन् ।
एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता खुला भएको हकप्रदका लागि जेठ २७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्