चितवनमा ट्याङकरको ठक्करबाट एकको मृत्यु

श्रोत : ईन्टरनेट

चितवन । पूर्वी चितवनको खैरहनीमा ट्याङकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर ८ को पर्सा बजारमा ट्याङकरले मोटरसाइकललाई आज अपरान्ह्र ठक्कर दिएको थियो ।

frontline

पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ८ ख ३०२४ नम्बरको ट्याङकरले विपरित दिशाबाट आउदै गरेको ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ ।

ट्याङकरको ठक्करबाट मोटरसाइकलमा सवार खैरहनी नगरपालिका वडा नम्बर १० निवासी २२ बर्षिय सिर्जना चौधरीको मृत्यु भएको छ ।

त्यस्तै मोटरसाइकल चालक रत्ननगर नगरपालिका वडा नम्बर ३ निवासी बर्ष २६ को सुवास चौधरी सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here