सडकमै धान रोपे
वर्षौदेखि जिर्ण रहेको कठौना–पातो सडक खण्ड मर्मत गर्नेतर्फ ध्यान नदिएको भन्दै नगरपालिकाको अमरलती चोकका बासिन्दाले सडकमै धान रोपे, बर्षाको समयमा पैदल हिंडन पनि समस्या हुने भएकाले बिरोध स्वरुप सडकमै धान रोपिएको स्थानीयले बताए
सप्तरी । खेतमा धान रोप्दै मंगलबार देशभरि धान दिवस मनाइएको छ ।
तर, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का बासिन्दाले भने सडकमै धान रोपेका छन् ।
वर्षौदेखि जिर्ण रहेको कठौना–पातो सडक खण्ड मर्मत गर्नेतर्फ ध्यान नदिएको भन्दै नगरपालिकाको अमरलती चोकका बासिन्दाले सडकमै धान रोपेका हुन् ।
बर्षाको समयमा पैदल हिंडन पनि समस्या हुने भएकाले बिरोध स्वरुप सडकमै धान रोपिएको स्थानीयले बताएका छन् ।
पूर्व पश्चिम राजमार्गदेखि भारतीय सीमासम्म रहेको २० किलोमिटरको यो सडक बर्षादेखि जिर्ण रहेको छ ।
बर्षाको समयमा यस क्षेत्रका बासिन्दा बाहिर जान सक्दैनन् । ‘सडकको अवस्था दयनीय छ ।
हामीले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं । तर, कसैले ध्यान नदिँदा हामीले बिरोध गरेका हौं’ स्थानीय देबकुमार साहले भने ।
उनका अनुसार बर्षाको समयमा कोही बिरामी पर्दा उपचारका लागि समेत जान सकिदैन् ।
बर्षा भएपछि सडकमा चिप्लो हिलो बन्दा कुनै पनि सबारी चल्न नसक्ने अवस्था आउने गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्