प्रदेश २,मन्त्री बिजय कुमार यादवद्वारा बजेट सार्वजनिक

श्रोत:ईन्टरनेट

आर्थिक वर्ष २०७८–०७९ को लागि ३३ अर्ब ७९ करोड १४ लाख

चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन

frontline
१ अर्ब आन्तरिक ऋण परिचालन गरिने,
रामराजा सिंह र गजेन्द्रनरायण सिंहको शालिकका लागि ४ करोड
दुर्गानन्द झाको शालिक निर्माणका लागि २ करोड रुपैँया विनियोजन

जनकपुरधाम  । प्रदेश २ सरकारलेआर्थिक वर्ष २०७८–०७९ को लागि ३३ अर्ब ७९ करोड १४ लाखको बजेट सार्वजनिक गरेको छ ।

आज प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले सार्वजनिक गरेको बजेटको कुल चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

प्रदेश २ सरकारले यसअघिको आर्थिक बर्षमा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक गरिएको थियो ।

बजेटमा १ अर्ब आन्तरिक ऋण परिचालन गरिने मन्त्री यादवले बताए ।

उनले कोभिड–१९ केन्द्रित बजेट ल्याएको भन्दै जनताको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत जनाए ।

बजेटमा प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर पक्की सडक निर्माण कार्यक्रमलाई निरन्तारता दिँदै ६७ करोड २० लाख रुपैँया छुटयाइएको छ ।

प्रदेशमा संचालनमा रहेका दलित गरिब आवस निर्माणको निरन्तार दिन ८ करोड र विपन्न नागरिक लाई लक्षित गरि सुरक्षित आवास कालागि महेन्द्र नरायण निधि अवाास आयोजना सुभारम्भका लागि २० करोड रकम विनियोजन गरिएको छ ।

त्यसैगरि प्रदेशको कृषि विकास सुदृढिकरणका लागि माझौला सिँचाई आयोजना निर्माणका लागि ४१ करोड रुपैँया विनियोजन गरिएको छ ।

बाढी पहिरोजस्ता समस्या र नदी नियन्त्रणका लागि ३० करोड रुपैया बजेटमा सुनिश्चित गरिएको छ ।

वडादेखि सदरमुकाम जोडने सडक निर्माण र ढलान गर्न ६८ करोड रुपैँया विनियोजन गरिएको छ ।

त्यसैगरि प्रदेश २ सरकारले कोरोना महारोकथाम नियन्त्रण उपचकारकालागि आवश्यक औषधी, अक्सिजन सिलिण्ड, रेम्डिसिभर किट्स लगायतका स्वास्थ्य समाग्री खरिदका लागि २० करोड रुपैँया विनियोजन गरेको छ ।

प्रदेशभित्रका विभिन्न अस्प्तालमा मृगौला विरामीको बढ्दो चापलाई मध्यनजर गरि ३५ वटा डाइलयाइसिस मेसिन उपचार खरिद गर्न १२ करोड रुपैँया विनियोजन गरिएछ ।

त्यस्तै संक्रमितको उपचार गर्न जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्प्तालमा कोभिड विशेष अस्पताल संचालनमा ल्याउन तथा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य क्षेत्रको विशिष्ट अध्यययन, अध्यापन र अनुसन्धानका लागि चालु आर्थिक वर्षमा ९ करोड बुझाइ सकेको र अगामी आर्थिक वर्षका लागि १० करोड विनियोजन गरिएको छ ।

क्याथ ल्याब, एडाभन्स सिटि स्कयान मेसिन, आइसियु लगायतका उपकरण खरिदका लागि प्रादेशिक अस्पतालाई १९ करोड रुपैँया विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाको भौतिक पुर्वाधार निर्माण र सुधारका लागि १६ करोड रकम छुट्याइएको छ ।

प्रदेशलाई दुध तथा मासु मिसन कार्यक्रममा र पशुपन्छी तथा मत्स्य विकासका लागि १३ करोड बजेट राखिएको छ ।

त्यस्तै चुरे संरक्षणका लागि १८ करोड ३६ लाख, सडक किनारमा ग्रीन वे र फलफुल लगायतका अन्य विरुवा रोप्न ७ करोड ३८ लाख रुपैँया विनियोजन गरिउको छ ।

प्रदेशको हरेक निर्वाचन क्षेत्रमा पोखरी संक्षण संवर्दनका लागि ३२ करोड रुपैँया विनियोजन गरिएको छ ।

त्यस्तै मठ मन्दिर, गुम्बा लागयतका धार्मिक क्षेत्र संरक्षणका लािग १८ करोड र पर्यटकीय विकासका लागि पुर्वाधार निर्माण र सम्पदा सरक्षणका लािग १५ करोड रुपैँया सुनिस्चित गरिएको छ ।

हरेक निर्वाचन क्षेत्रमा हरित पार्क निर्माण गर्न १६ करोड र स्नो सिटी फन पार्क का लागि १६ करोड रुपैँया विनियोजन गरिएको छ ।

प्रत्येक जिल्लामा एक÷एक वटा नमुना विद्यालय स्थापना तथा समुदायकि विद्यालयको भौतिक पुर्वाधार निर्माण तथा सुधारका गरि शैक्षिक स्तर अभिवृद्धी गर्न २४ करोड छुट्याइएको छ ।

समुदायिक विद्यालयमा अध्ययन विद्यार्थीकालागि खेलमैदान निर्माणका लािग ८ करोड रुपैँया विनियोजन छ ।

अदिवासी, दलित, मुस्लिम तथा मधेस आन्दोलनका सहिद परिवारकाउ उच्च शिक्षा अध्ययनका लागि छात्रवृतिका लागि २ करोड बजेट सुनिश्चितता गरिएको छ । एक विद्यालय एक नर्सलाई निरन्तरात दिँदै ३ करोड ५० लाख विनियिोजन गरिएको छ ।

सीप तथा राजागरका लािग लघु उद्योगमा विपन्न परिवारलाई रोजगारीको अवसर सिर्जना गर्न ८ करोड रुपैँया छुटाइएको छ ।

महामारीमा रोजगारी गुमाएका युवाका लािग युवा स्वरोजगार कार्यक्रममा १५ करोड रकम विनियोजन गरिएको छ ।

उद्यमशिलता मार्फत रोजगारीका अवसर सिर्जना गर्न २८ करोड ५० लाख बजेट सुनिश्चितता गरिउको छ ।

प्रदेश भित्रको धार्मिक सांसकृतिक क्षेत्रको विकास तथा प्रबद्र्धनका लागि १६ करोड रुपैया छुटाइएको छ ।

त्यसैगरि सार्वजनिक निर्माण सम्बन्धी कार्यका लागि २० करोड, रामराजा सिंह र गजेन्द्रनरायण सिंहको शालिकका लािग ४ करोड र दुर्गानन्द झाको शालिक निर्माणका लािग २ करोड रुपैँया विनियोजन गरिएको छ ।

प्रदेश, जिल्ला, ईलाका, प्रहरीचौकी, ट्राफिक लगायतका निकायको पुर्वाधार निर्माणका लागि ७ करोड ३३ लाख रुपैँया छुट्याइएको छ भने मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउका लागि २० करोड रुपैँया विनियोजन गरिएको हो ।

बजेटमा अगामी आर्थिक वर्षमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणका लािग ३ अर्ब १६ करोड ५० लाख र प्रदेशसभा निर्वाचन विकासका लागि २ अर्ब ३५ करोड रुपैँया विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here