सुर्खेतमा आज दसौँ राष्ट्रिय खेलकुद सुरु हुँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रङ्गशाला र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज मंगलबार पाँच खेल सुरु हुँदै छन्। 

प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेल भने आजै सुरु गर्न लागिएको हो। 

frontline

आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धा सुरु हुनेछन्। 

क्रिकेट, फुटबल, बास्केटबल खेल सुर्खेतमै हुनेछन्।

टेनिसको खेल बर्दिया र पौडी खेल नेपालगञ्जमा हुने तालिका छ। 

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत कुल ३२ खेलमध्ये २३ वटा खेल सुर्खेतमा हुनेछन् भने बाँकी ९ खेल कर्णाली प्रदेशकै सल्यान, दैलेख, कालीकोट, जुम्ला र रुकुमपश्चिम तथा लुम्बिनी प्रदेशका नेपालगन्ज र बर्दियामा हुनेछन्। 

दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुँदै छन्।

प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

राष्ट्रिय खेलकुदमा यो संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ।दसौँ राष्ट्रिय खेलकुदको सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा  १६ गते उद्घाटन र मंसिर २७ गते समापन हुनेछ।

यसअघि कर्णाली प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको कर्णाली रंगशाला सोमबार औपचारिक रूपमा प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण भएको छ। 

निर्माण कम्पनी एमएसी र जीएसएल जेभीले रंगशाला प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here