भैरहवा हवाई रुटमा भारतसँगको सहमति ऐतिहासिक ‘ब्रेकथ्रु’: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयमा भारतसँग ऐतिहासिक ’ब्रेकथ्रु’ भएको बताएका छन्। मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लेले लुम्बिनीलगायत सन्दर्भमा हालसम्म एकतर्फी रहेको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति १०–१२ वर्षदेखिको प्रयासपछि आएको ठूलो कूटनीतिक पहल र ऐतिहासिक ’ब्रेकथ्रु’ रहेको बताएका हुन्।

आगामी दिनमा महेन्द्रनगर,जनकपुरलगायत अन्य नाका तथा अन्य अन्तर्राष्ट्रिय सहरहरूसँग हवाई कनेक्टिभिटी विस्तार गरिने उनले बताए। उनले बागडोग्रासँग जोडिएको १२५ किलोमिटर भूमिको विषय कपोलकल्पित,भ्रामक र झूटो हल्ला मात्र भएको स्पष्ट पारे ।

frontline

मन्त्री वाग्लेले सुनकोशी–सप्तकोशी हाई ड्याम प्रोजेक्ट र सुनकोशी स्टोरेज कम डाइभर्सन स्किमबारे अध्ययन तथा भविष्यमा डीपीआर बनाउने म्यान्डेटअनुसार काम भइरहेको जानकारी दिए। उनले भिजन डकुमेन्ट दुई देशबीचको सहकार्यलाई औपचारिक,नियमित र संस्थागत गर्न तथा समन्वयात्मक ढंगले अघि बढाउन ल्याइएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here