इजिप्टमा दुई रेल ठोक्किँदा ४ जनाको मृत्यु, ८८ जना घाइते

 इजिप्टको गिजा सहरनजिकै दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् ।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनापछि उद्धार तथा उपचारका लागि ७२ वटा एम्बुलेन्स परिचालन गरिएको बिबिसिमा उल्लेख छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये एक जना रेल चालकसमेत रहेका छन् ।

frontline

रेलवे प्राधिकरणका अनुसार गिजाबाट कायरोको दक्षिणी क्षेत्र फायुमतर्फ गइरहेको रेलले कायरोबाट अस्वानतर्फ जाँदै गरेको अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा रेलका केही डिब्बा लिकबाट खसेर सडक किनारको भिरमा पुगेका थिए । घटनास्थलमा उद्धार टोली र क्रेन परिचालन गरिएको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दुर्घटनाको तत्काल अनुसन्धान गर्न र दोषी देखिएकालाई कारबाही गर्न निर्देशन दिएका छन् ।

दुर्घटनापछि प्रभावित क्षेत्रका अस्पताललाई उच्च सतर्कतामा राखिएको छ । साथै गिजा र माथिल्लो इजिप्ट क्षेत्रबीच सञ्चालन हुने रेल सेवा स्थगित गरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here