पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

पोखरा । पोखराको न्यूरोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सभागृह चोकस्थित न्यूरोडको ग.१६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो । 

दुर्घटनाबाट स्कुटरमा सवार पोखरा लेकसाइड बस्ने २८ वर्षका आशिष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

frontline

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा  उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here