सरकारले चार वटा हिमतालको सतह घटाउने
काठमाडौँ । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी बेसिनमा पूर्व सूचना प्रणाली विस्तार गर्ने भएको छ । ऊर्जा मन्त्रालयले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, जलस्रोतको दिगो उपयोग र विपद् जोखिम न्यूनीकरणका लागि दुई ओटा श्वेतपत्र सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
उक्त श्वेतपत्र अनुसार सरकारले चार ओटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह समेत घटाउने योजना बनाएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र हिमताल विस्फोटको जोखिम बढ्दै गएको छ ।
सरकारले हिमताल विस्फोटबाट हुन सक्ने क्षति कम गर्न ग्लोफ सञ्जीवनी आयोजनामार्फत चार ओटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ ।






प्रतिक्रिया दिनुहोस्