जापानमा शक्तिशाली सामुन्द्रिक आँधी, २० लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सर्न निर्देशन

काठमाडौं । जापानमा शक्तिशाली सामुन्द्रिक आँधीले जनजीवन प्रभावित बनाएपछि झण्डै २० लाख मानिसलाई सुरक्षित ठाउँमा सर्न वा बस्ती खाली गर्न भनिएको छ ।

जापानको मौसम विज्ञान विभागले केही क्षेत्रमा ‘तत्काल जीवनका लागि खतरा’ हुन सक्ने चेतावनी जारी गरेको छ । टाइफुन नामको आँधीका कारण आएको तीव्र हावाहुरीले ५० हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

frontline

सयौँ उडान रद्द भएका छन् भने विभिन्न क्षेत्रमा रेल सेवा पनि प्रभावित भएको छ । प्रभावित क्षेत्रमा प्रतिघण्टा १३० किलोमिटरको गतिमा निरन्तर हावा चलिरहेको बीबीसीले जनाएको छ । ठूलो वर्षासँगै पहिरो र बाढीको जोखिमसमेत बढेको अधिकारीहरूले बताएका छन् ।

आँधीका कारण जापानमा विभिन्न कार्यक्रम समेत रद्द भएका छन् । जापानी प्रधानमन्त्री सनाए ताकाइचीले उद्धार तथा राहतका लागि उच्च सतर्कताका साथ काम गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here