१० महिनामा सुनको भाउ झण्डै १ लाखले घट्यो

आज पनि सुनचाँदीकै मूल्य घटेको छ। 

विगत केही दिनदेखि निरन्तर घट्दै आएको सुनचाँदीकै मूल्यमा आज पनि गिरावट आएको हो। 

frontline

सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ घटेर २ लाख ४२ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको शुक्रबार तोलामा १२ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ २ लाख ४५ हजार ४ सयमा झरेको थियो। 

त्यसअघि बिहीबार पनि सुनको भाउ तोलामा ३ हजार ३ सयले घटेको थियो। 

गत कात्तिक २७ गते पनि सुनको भाउ तोलामा १२ हजार ६ सय, कात्तिक २९ गते १ हजार ५ सय, ३० गते १ हजार १ सय, मंसिर १ गते १ हजार ९ सय  र २ गते ६ हजार ३ सय रुपैयाँ घटेको थियो। 

गत कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ त्यसयताका ७ कारोबार दिनमा ४१ हजार ७ सय रुपैयाँ घटिसकेको छ। 

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ घटेर ३ हजार ६५ रुपैयाँमा झरेको छ। 

गत शुक्रबार तोलामा २ सय २५ रुपैयाँ घटेर चाँदीको भाउ ३ हजार ११० रुपैयाँ कायम भएको थियो। 

गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयताको झण्डै १० महिनामा सुनको भाउ ९६ हजार ७ सय रुपैयाँ घटिसकेको छ। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here