सिरहामा प्रहरीको गोली लागेर मृत्यु भएका यादवको परिवार र सरकारबीच ७ बुँदे सहमति
सिरहाको औरही गाउँपालिका–२ का गणेश यादवका परिवार र गृहमन्त्री मार्फत सरकारबीच सहमति भएको छ । यादवको साउन १४ गते सुनसरीको घटनालाई लिएर भइरहेको आन्दोलनको क्रममा गोलबजारमा गोली लागेर मृत्यु भएको थियो । आज उनको शव हेलिकप्टरबाट ल्याएर दाहसंस्कार गरिने जनाएको छ ।
गृहमन्त्री सुदन गुरुङ र मृतकका बुबा रामवृक्ष यादवले सहमतिमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार गृह मन्त्रालयले मृतक गणेश यादवलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, घरपरिवार सदस्यहरुबाट एक जनालाई रोजगारी दिने, भाइ र बहिनीलाई नि:शुल्क उपचार तथा शिक्षा दिने लगायत सहमति भएको छ ।
सम्झौताका ७ बुँदा :
१. गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने।
परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने ।
२. गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने ।
३. परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर दिने ।
४. छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने ।
५. मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने ।
६. साउन १६ (आज) मृतकको दाहसंस्कार गर्ने ।






प्रतिक्रिया दिनुहोस्