मोरक्कोबाट २४ घण्टामा ६० हजार आप्रवासी स्पेनको स्युटा प्रवेश, ४३ जनाको मृत्यु

स्पेनको नियन्त्रणमा रहेको स्युटा क्षेत्रमा पछिल्लो २४ घण्टामा मोरक्कोबाट करिब ६० हजार आप्रवासी प्रवेश गरेका छन्। स्युटाका अध्यक्ष जुआन जेसुस भिभासका अनुसार सोही अवधिमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ।

अध्यक्ष भिभासले हालको परिस्थिति नियन्त्रणबाहिरू रहेको बताउँदै भर्खरै प्रवेश गरेका आप्रवासीहरूको सङ्ख्या शहरको कुल जनसङ्ख्याको करिब ७० प्रतिशतबराबर पुगेको जानकारी दिएका छन्। स्थानीय तथ्याङ्कअनुसार स्युटाको कुल जनसङ्ख्या करिब ८३ हजार ६ सय रहेको छ।

frontline

स्पेनको सर्वोच्च अदालतले स्युटा वा मेलिला (स्पेनको अर्को स्वायत्त क्षेत्र) पुग्ने प्रयासका क्रममा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्काल मोरक्को फिर्ता पठाउन नपाइने फैसला गरेपछि आप्रवासीको सङ्ख्या तीव्र रूपमा बढेको हो।

यसैबीच स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले यस स्थितिलाई ‘आक्रमण’ को संज्ञा दिँदै सबै अनधिकृत आप्रवासीहरूलाई ‘यथाशीघ्र’ मोरक्को नै फिर्ता पठाइने बताएका छन्। यस घटनाप्रति धेरै युरोपेली नेताहरूले गम्भीर चिन्ता व्यक्त गर्दै सीमा नियन्त्रणलाई अझ कडा बनाउने प्रतिबद्धता जनाएका छन्। अधिकारीहरूका अनुसार हालसम्म २५ हजारभन्दा बढी मानिसहरू भने स्वेच्छाले मोरक्को फर्किसकेका छन्।

मोरक्कोको उत्तरी तटमा अवस्थित स्युटा, जिब्राल्टर जलडमरूमध्यमार्फत स्पेनको मुख्य भूभागबाट अलग छ। यो क्षेत्र लामो समयदेखि युरोप प्रवेश गर्न चाहने आप्रवासीहरूका लागि मुख्य मार्गका रूपमा रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here