शिवशिखर सहकारीको बचत फिर्ता पाउने आशामा एक हजार बढीको बकपत्र
शिवशिखर सहकारीमा बचत गरेको रकम फिर्ता पाउने आशासहित कैलाली र कञ्चनपुरका एक हजार बढी बचतकर्ता जिल्ला अदालत कैलाली पुगेका छन् । सहकारी पीडित उनीहरू आफ्नो डुबेको बचत रकम फिर्ता पाउने अपेक्षासहित बकपत्रका लागि अदालत पुगेका हुन् ।
कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बुधबार मात्रै एक हजार चार सय बचतकर्ताको विवरण रुजु गरेर अदालत पठाइएको थियो । प्रहरी कार्यालयमा आफ्नो नाम रुजु गराएर अदालत पुग्ने बचतकर्ताहरूको बुधबार ठूलो भिड लागेको थियो ।
सहकारीमा करिब २३ लाख रुपैयाँ बचत गरेको बताउने कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, गुलरियाका प्रेमराज भट्ट जिल्ला अदालतबाट बकपत्रका लागि अर्को तारेख लिएर फर्किंदै थिए ।






प्रतिक्रिया दिनुहोस्