सेयर बजारमा सामान्य सुधार, कारोबार रकम ३ अर्बमा झर्यो

बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा अडिएको हो। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ११.०५ अंकले घटेर थियो ।

नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकममा भने बुधबारको तुलनामा गिरावट आएको छ। ३४७ वटा स्क्रिप्सको  ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर ३ अर्ब ८७ करोड ७६ लाख  ४५ हजार ७२८ रुपैयाँमा खरिदबिक्री भए।
बुधबार  ४ अर्ब १५ करोडको सेयर कारोबार भएको थियो।

frontline

कारोबारमा आएकामध्ये १३८ वटा स्टक्सको मूल्य बढ्दा १३२ वटाको घट्यो। बाँकी १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। बोट्लर्स नेपाल (बालाजु)को सेयर ६ प्रतिशतले बढ्दा  बोट्लर्स नेपाल (तराई)को सेयर ५.६३ प्रतिशतले बढ्यो।

एभरेष्ट कलर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर ५ प्रतिशत बढीले घट्यो। कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकले १६ करोड मूल्य बराबरको कारोबार गर्यो।

पिपुल्स हाइड्रोपावरले १५ करोडको सेयर कारोबार गर्दा सेन्ट्रल फाइनान्सले १२ करोड,सोल्टी होटलले ११ करोड र साहस ऊर्जाको ११ करोड मूल्य बराबरको कारोबार भयो।

पाँच समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ,फाइनान्स,होटल्स एण्ड टुरिजम,मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी समूहको उपसूचक नकारात्मक देखिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here