छिन्ताङ काण्ड : ४७ वर्षदेखि निको नभएको घाउ
धनकुटाको शहीदभूमि गाउँपालिका–३ छिन्ताङमा लहरै शहीदका सालिक राखिएका छन् । यहाँ हरेक वर्ष कात्तिक २३ देखि २९ गतेसम्म शहीद सप्ताह मनाइन्छ ।
राजनीतिक दलका नेता पुग्छन् । शहीदका सालिकमा माल्यार्पण गर्छन् । र, शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्छन् ।
तर, जब कात्तिक लाग्छ– शहीदभूमि गाउँपालिकामा पुरानो घाउ बल्झिन्छ । वाडाङमी (पापानी) चाडको रौनक सुरु हुनै लाग्दा स्थानीयका मनमा २०३६ सालको त्रासदीपूर्ण घटना ताजा भएर आउँछ ।
खोकु, छिन्ताङ र आँखिसल्लाका बस्तीमा तत्कालीन पञ्चायती शासकले मच्चाएको दमन, बन्दुकको आवाज, बारुदको धुवाँ र आफन्त गुमाएका परिवारको चित्कार अझै उनीहरूको स्मृतिमा ताजै छ ।






प्रतिक्रिया दिनुहोस्