फरक तौलका सिलिन्डर ल्याउँदैमा टर्छ ग्यास संकट ?

नेपालमा खाना पकाउने एलपी ग्यासको बजारमा जब जब अभाव चर्किन्छ, तब तब समाधानका दीर्घकालीन उपाय खोज्नुको सट्टा सिलिन्डरको आकार, तौल र रङ बदल्ने बहस सतहमा आउने गरेको छ ।

कहिले आधा सिलिन्डर (७.१ किलो) ल्याएर समस्या समाधानका लागि प्रयोग गरिन्छ त कहिले व्यावसायिक प्रयोजनका लागि १९, ५० र ४ सय ५० किलोको सिलिन्डर प्रचलनमा ल्याउनुपर्ने तर्क अघि सारिन्छ ।

frontline

अहिले पनि तराईका जिल्लाहरूमा ग्यास आपूर्ति सहज भए पनि काठमाडौं उपत्यकामा उपभोक्ताले सहजै पाउन सकेका छैनन् । यही असहज परिस्थितिबीच नेपाल आयल निगमले घरायसी (१४.२ किलो) बाहेक व्यावसायिक र औद्योगिक क्षेत्रका लागि १९, ५० र ४ सय ५० किलो क्षमताका सिलिन्डर प्रयोगमा ल्याउने गृहकार्य अघि बढाएको छ ।

तर, ग्यास अभावको पृष्ठभूमि र विगतका अभ्यास नियाल्दा फरक तौलका सिलिन्डर बजार ल्याउँदैमा नेपालमा बारम्बार दोहोरिने ग्यास अभावको समस्या समाधान हुन्छ त भन्ने प्रश्न उठ्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here