विश्वका सबैभन्दा धनी एलन मस्कले बेचे १.१ अर्ब डलरको शेयर

२५ कार्तिक, एजेन्सी विश्वका सबैभन्दा धनी एलन मस्कले १.१ अर्ब डलर बराबरको शेयर बेचेका छन् । मस्कले ट्विटरमा आफ्ना फलोअर्सको मत सर्वेक्षणपछि मस्कले टेस्लाको सेयर बेचेका हुन् ।

मस्कले केही दिनअघि ट्विटरमा आफ्ना फलोअर्ससँग टेस्लाको सेयर बेच्ने विषयमा राय मागेका थिए। ट्विटरका फलोअर्समध्ये ५८ प्रतिशतभन्दा बढीले मस्कलाई सेयर बेच्न सल्लाह दिएका थिए।

frontline

मस्कले ट्विटरमा टेस्लाको शेयर बेच्ने विषयमा राय मागेसँग गत सोमबार मंगलबार टेस्लाको शेयरमूल्यमा भारी गिरावट आएको थियो। जसका कारण मस्कको सम्पत्ति २ दिनमै ५० अर्ब डलरले घटेको थियो।

सेयर बजारमा १ ट्रिलियन पुँजी रहेको टेस्ला विश्वकै मूल्यवान कार उत्पादक कम्पनी हो ।

एलन मस्कले ९ लाख ३० हजार कित्ता सेयर बिक्री गरेको खुलेको छ । तर, उक्त सेयर कित्ता उनको कुल सेयरको शून्य दशमलव ५ प्रतिशत मात्रै हो । मस्कले अहिले सेयर बिक्री गरे पनि उनले गत सेप्टेम्बरमै सेयर बिक्रीको प्रक्रिया सुरु गरेको पनि खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here