विधान महाधिवेशनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्ने तयारी
समाचार सारांश
- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी भइरहेको छ। बैठकमा आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीबारे छलफल हुनेछ।
- विधान महाधिवेशनका लागि सुझाव सङ्कलनको काम समयमै हुन नसकेका कारण कतिपय नेताहरूले महाधिवेशन सर्न सक्ने बताएका छन्।
- यसअघि एमालेको पहिलो विधान महाधिवेशन २०७८ असोजमा सम्पन्न भएको थियो भने आगामी फागुनसम्म ११औँ राष्ट्रिय महाधिवेशन गर्ने तयारी छ।
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय कार्यालयको बैठक बसेर सचिवालय बैठक बोलाउने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले सोमबार बिहान जानकारी दिए ।
उनका अनुसार एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने तयारी छ । बैठकमा आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने नेताहरूको भनाइ छ ।
विधान महाधिवेशनका लागि जेठ महिनाभित्र सुझाव सङ्कलन गर्ने भनिए पनि सो अनुसार सुझाव सङ्कलनको काम हुन सकेको छैन ।
जसले गर्दा भदौमा गर्ने भनिएको विधान महाधिवेशन तयारी अभावमा सर्न सक्ने कतिपय नेताहरूको भनाइ छ ।
यसअघि एमालेको पहिलो विधान महाधिवेशन २०७८ असोजमा सम्पन्न भएको थियो । विधान महाधिवेशनपछि ११ औँ राष्ट्रिय महाधिवेशन आगामी फागुनभित्र गर्ने एमाले नेतृत्वको तयारी छ ।






प्रतिक्रिया दिनुहोस्