रियलमाथि एकपक्षीय जित निकाल्दै पीएसजी फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले स्पेनी क्लब रियल मड्रिडमाथि ४–० को जित निकाल्दै फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
  • पीएसजीका फाबियन रुइजले दुई गोल गरे भने उस्माने डेम्बेले र गोंसालो रामोसले एक–एक गोल गरे।
  • पीएसजीले उपाधिका लागि इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ र फाइनल खेल जुलाई १३ मा हुनेछ।

frontline

२६ असार, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

स्पेनी महारथी रियल मड्रिडमाथि ४–० को एकपक्षीय जित निकाल्दै पीएसजी डेढ महिनाको अन्तरमा अर्को ठुलो उपाधिनजिक पुगेको हो । पीएसजीले गत जुनमा युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो ।

पीएसजीको जितमा फाबियन रुइजले दुई गोल गरे भने उस्माने डेम्बेले र गोंसालो रामोसले एक–एक गोल गरे।

रुइजले छैटौं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । डेम्बेलेले नवौं मिनेटमा गोल गरेपछि पीएसजी २-० ले अघि बढ्यो ।

रुइजले २४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल स्कोरलाई ३–० बनाए। पहिलो हाफमै ३-० ले पछि परेको रियलले पुनरागमन गर्न सकेन ।

खेलको अन्तिमतिर गोंसालो रामोसले ८७औं मिनेटमा चौथो गोल गर्दै पीएसजीको फराकिलो जित सुनिश्चित गरे।

अब पीएसजीले उपाधिका लागि इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आइतबार, जुलाई १३ मा हुनेछ।

पीएसजी |फिफा क्लब |विश्वकपरियल मड्रिड

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here