रास्वपाले सुरु गर्‍यो हस्ताक्षर अभियान

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको छ।
  • पार्टीले लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको लागि सदन र सडकमा तेस्रो स्थापना दिवस मनायो।
  • रास्वपाको केन्द्रीय समिति बैठकले कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता नियुक्त गर्यो।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ । पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।

frontline

लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको  लागि सदनका साथै सडकमा आएर तेस्रो स्थापना दिवस मनाएको रास्वपाका नेताहरूले जनाएका छन् । रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले देशका लागि धेरै काम गर्दा रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताए । भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नबाट रोक्ने काम भएको भन्दै उनले अब जनताले रास्वपालाई साथ दिनुपर्ने उल्लेख गरे ।

अर्यालले १२ लाख भन्दा बढी जनताले दिएको मत सदुपयोग गर्न आफूहरू खटिरहेको भन्दै रास्वपालाई साथ दिने जनतालाई राज्यले अपमान गरिरहेको जिकिर गरे । उनले राज्यको निकायमा रास्वपाको प्रभावकारी उपस्थिति भए अहिले भ्रष्टाचार गर्नेहरू देश छाडेर भाग्ने अवस्था आउने बताए ।

यसैबिच शनिबार नै बसेको रास्वपा केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ भने कार्यवाहक प्रवक्ताका रूपमा रहेका मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । 

#राष्ट्रियस्वतन्त्रपार्टी #रास्वपा #रवि लामिछाने #राजनीति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here