राज्यले थारुलाई नेपाली नमानेको रेशम चौधरीको गुनासो

समाचार सारांश

  • नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले राज्यले थारुलाई नेपाली नमानेको गुनासो गरे।
  • उनले थारु समुदायको पहिचान मेटाउने प्रयास भएको र यसका लागि जाग्नुपर्ने बताए।
  • टिकापुर घटनामा आफू संलग्न नभए पनि जेल परेको र थारु चेलीबेटीमाथि अन्याय भएको उनको भनाइ छ।

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राज्यले थारुलाई नेपाली नमानेको बताएका छन् । उनले थारुहरूले आफू पनि नेपाली हो भन्दा समेत राज्य मान्न तयार नरहेको गुनासो गरे । 

frontline

उनले भने– ‘मलाई डिल्लीबजार सदरखानामा थुनेको होइन, थारुको पहिचानलाई थुनेको हो, एक पटक होइन, थारुको पहिचान मेटाउने गरी पटक पटक थुनेको हो त्यसैले अब आफ्नो पहिचानका लागि जाग्नुपर्ने बेला आएको छ ।’

काठमाडौँमा आयोजित बृहत् थारु सांस्कृतिक कार्यक्रममा बोल्दै संरक्षक चौधरीले भने, ‘म राजनीतिक व्यक्ति होइन, मलाई जबरजस्ती बनाइएको हो, म सांस्कृतिक व्यक्ति हुँ ।’ 

यो राज्यले थारुमाथि गरेको अन्यायको बयान समेत गर्न नसकिने बताउँदै उनले टिकापुर घटनाले थुप्रै थारु चेलीबेटीको चिर हरन गरेको भन्दै दुःख व्यक्त गरे । सो घटनामा सयौँ मोटरसाइकल र साइकल जलाउने कार्य भयो तर त्यसका लागि कोही पनि नबोलेको उनले गुनासो गरे । 

टिकापुर घटनामा आफू संलग्न नभए पनि राज्यले थुनेको गुनासो गर्दै उनले भने, ‘मैले जेलबाट नै राज्यलाई गीतको माध्यमबाट प्रश्नहरू गरेको छु ।’

#थारु समुदाय #रेशम चौधरी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here