राष्ट्रपति पौडेल धान रोपाइँमा सहभागी

 समाचार सारांश

  • असार १५ गते धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरियो।
  • राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकतामा जोड दिए।
  • कृषकहरूलाई अन्नदाताको रूपमा सम्मान गर्दै कृषि पेसालाई प्रोत्साहन गरिने कुरा बताए।

काठमाडौँ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल  सहभागी थिए । 

frontline

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको  आधार मात्र  नभएर व्यावसायिक  बनाउनुपर्ने बताए  । कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताए । 

उनले कृषि पेसामा निर्भर भई कृषिलाई रोजगारीको आधारस्तम्भको रूपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए  ।

रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

2
3
4

#राष्ट्रपतिपौडेल #धानरोपाइँ #धानदिवस #राष्ट्रपति #कृषि

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here