ड्रोन आक्रमणमा क्रिमियामा रुसी हेलिकप्टर र हवाई प्रतिरक्षा प्रणालीमा क्षति पुगेको युक्रेनको दाबी

 समाचार सारांश

  • युक्रेनले क्रिमियाको किरोभस्के हवाई अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेको छ, जसमा रुसी हेलिकप्टर र प्रतिरक्षा प्रणाली नष्ट भए।
  • एसबीयूका अनुसार, यो आक्रमण रुसी हवाई गतिविधिलाई कमजोर पार्ने प्रयासको हिस्सा थियो, जसमा रातभर विस्फोटहरू सुनिए।
  • ओडेसामा रुसी ड्रोन आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने खेर्सोन क्षेत्रमा एक जनाको मृत्यु भएको छ।

क्रिमिया । युक्रेनले क्रिमियाको किरोभस्के हवाई अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। युक्रेनी सुरक्षा सेवा (एसबीयू) का अनुसार, सो आक्रमणमा रुसी सेनाका कैयौँ हेलिकप्टर तथा हवाई प्रतिरक्षा प्रणाली नष्ट भएका छन्।

frontline

एसबीयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ड्रोनहरूले रुसी हवाई इकाईहरू, हतियार डिपोहरू, ड्रोनहरू तथा प्रतिरक्षा प्रणालीहरू रहेका स्थानमा लक्षित हमला गरेका थिए।’ सो आक्रमणमा एमाई-८, एमआई-२६ र एमआई-२८ हेलिकप्टरहरूका साथै पेन्टसिर-एस१ नामक मिसाइल प्रणाली नष्ट गरिएको दाबी गरिएको छ।

एसबीयूका अनुसार, हवाई अखडामा रातभरि विस्फोटहरू सुनिएको थियो र यो आक्रमण रुसी हवाई गतिविधिलाई कमजोर पार्न गरिएका व्यापक प्रयासहरूको हिस्सा रहेको थियो। उनीहरूले चेतावनी दिएका छन्, ‘दुस्मनले बुझ्नुपर्छ—महँगो सैन्य उपकरण र गोला बारुदहरू अब कतै सुरक्षित छैनन्—न अग्रपङ्क्तिमा, न क्रिमियामा, न त रुसी क्षेत्रमा नै।’

तर, रुसी रक्षा मन्त्रालयले भने सोही रात र शनिबार बिहान क्रिमिया माथि पठाइएका ४० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालिएको दाबी गरेको छ।

यसैबिच, युक्रेनी अधिकारीहरूले रुसी ड्रोन आक्रमणका कारण ओडेसासशहरमा दुई जनाको ज्यान गएको र १४ जना घाइते भएको बताएका छन्। ओडेसाका गभर्नर ओलेग किपरले टेलिग्राममार्फत जानकारी दिँदै भने, ‘दुई जनाको मृत्यु एउटा आवासीय भवनमा ड्रोन प्रहार हुँदा भएको हो।’ घाइतेमध्ये तीनजना बालबालिका रहेको उनले जानकारी दिए।

त्यस्तै, दक्षिणी खेरसोन क्षेत्रका गभर्नर ओलेक्सान्द्र प्रोकोडिनले रुसी आक्रमणमा एक जनाको ज्यान गएको र तीनजना घाइते भएको जानकारी दिएका छन्। उनका अनुसार, रुसी सेनाले खेरसोनमा रहेका आवासीय क्षेत्रहरू, सामाजिक पूर्वाधार र महत्त्वपूर्ण संरचनाहरूलाई निशाना बनाएका थिए।

अल जजिरा
 

#युक्रेन #आक्रमण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here