राजस्थानमाथि हैदरावादको १ रनको जित

सनराईजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि रोमाञ्चक जित हासिल गरेको छ।

बिहीबार राति सम्पन्न खेलमा हैदरावाद १ रनले विजयी भएको हो। हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरम ७ विकेट गुमाउँदै २०० रन मात्रै बनाउन सक्यो। 

frontline

राजस्थानलाई जितका लागि अन्तिम ओभरम १३ रनको आवश्यकता थियो। तर, अन्तिम ओभर गर्न आएका भुवनेश्वरले ११ रनमात्र दिए।

पहिलो बलमा उनले रविचन्द्रन आश्विनलाई एक रनमात्र दिएका थिए। दोस्रो बलमा उनले रोभम्यान पावेललाई २ रन दिए। तेस्रो बलमा पावेलले चौका प्रहार गरे।

त्यतिखेरसम्म ३ बलमा ७ रन आइसकेको थियो। र, राजस्थानलाई खेल जित्न ३ बलमा ६ रन आवश्यक थियो। सो अवस्थामा चौथो बल भुवनेश्वरले योर्कर गरेका थिए। उक्त बलमा पावेलले दुई रन लिए। योर्कर नै आएको पाँचौ बलमा पनि पावेल दुई रन लिन सफल भए।

तर, अन्तिम बलमा पावेल एलबीडब्यू आउट भए। पावेलले १५ बलमा ३ चौका र १ छक्कासहित २७ रन बनाए। रविचन्द्र २ रनमा अविजित रहे।

रियान पराग ७७, यशस्वी जैसवाल ६७ र शिमरोन हेटमायर १३ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन। हैदरावादका भुवनेश्वरले ३ विकेट लिँदा प्याट कमिन्स र टी नटराजनको नाममा २/२ विकेट रह्यो।

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो।

हैदरावादका ट्राभिस हेडले ४४ बलमा ६ चौका ३ छक्कासहित ५८ रन बनाए। अभिषेक शर्मा १२ र अनमोलप्रीत सिंह ५ रनमा आउट हुँदा नितिशकुमार रेड्डी ६७ र हेनरिक क्लासेन ४२ रनमा अविजित रहे।

राजस्थानमा आवेश शाखले २ विकेट लिँदा सन्दीप शर्माको नाममा १ विकेट रह्यो। जितसँगै चौथो स्थानमा रहेको हैदरावादको १० खेलबाट १२ अंक रहेको छ।

शीर्ष स्थानको राजस्थानको समान खेलबाट १६ अंक रहेको छ। हैदरावादको जारी लिगमा यो दोस्रो हार हो। यसअघि गुजरात टाइटन्ससँग राजस्थान ३ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here