युवा आवाज दबाउन खोज्नु राष्ट्रकै भविष्यमा प्रहार हो ः एसओएनपी यूके

लन्डन । सोमबार जेन–जी युवाहरुको प्रदर्शनका क्रममा निर्दोष युवाहरुको हत्या, मानवअधिकार हनन र नागरिक स्वतन्त्रतामाथि भएको प्रहारप्रति सोसाइटी अफ नेप्लिज प्रोफेशनल्स यूके (एसओएनपी यूके) भत्र्सना गरेको छ ।
संस्थाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालमा जेन–जी युवाहरुको प्रदर्शनका क्रममा भएको सुरक्षाकर्मीको अत्याधिक बल प्रयोग र गोली प्रहारबाट दर्जनौँ युवाको ज्यान गइसकेको घटनाप्रति भत्र्सना गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘युवा पुस्ता देशको भविष्यका आधारस्तम्भ हुन्, उनीहरूको आवाज दबाउन खोज्नु लोकतान्त्रिक मूल्यविपरित मात्र होइन, सम्पूर्ण राष्ट्रकै भविष्यमा प्रहार हो ।’

एसओएनपी यूकेले मृतक युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, सरकारले घट्नामा संलग्न व्यक्तिहरूलाई कारबाही गरी पीडितलाई न्याय दिलाउन पनि आग्रह गरेको छ ।
संस्थाका अध्यक्ष गजेन्द्र कटुवाल र महासचिव डा.विदुर घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो केवल व्यक्तिगत पीडामात्र होइन, लोकतान्त्रिक जनताको आवाजमाथि भएको प्रहार हो । सरकारको पहिलो जिम्मेवारी न्याय, शान्ति र समावेशी समाधान गर्नु हो ।’
एसओएनपी यूकेले न्याय, मानवअधिकार र लोकतान्त्रिक मूल्यहरूको पक्षमा निरन्तर उभिने प्रतिवद्धता समेत जनाएको छ ।
०००००००००००००

frontline

युवा आवाज दबाउन खोज्नु राष्ट्रकै भविष्यमा प्रहार हो स् एसओएनपी यूके
लन्डन । सोमबार जेन–जी युवाहरुको प्रदर्शनका क्रममा निर्दोष युवाहरुको हत्या, मानवअधिकार हनन र नागरिक स्वतन्त्रतामाथि भएको प्रहारप्रति सोसाइटी अफ नेप्लिज प्रोफेशनल्स यूके ९एसओएनपी यूके० भत्र्सना गरेको छ ।
संस्थाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालमा जेन–जी युवाहरुको प्रदर्शनका क्रममा भएको सुरक्षाकर्मीको अत्याधिक बल प्रयोग र गोली प्रहारबाट दर्जनौँ युवाको ज्यान गइसकेको घटनाप्रति भत्र्सना गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘युवा पुस्ता देशको भविष्यका आधारस्तम्भ हुन्, उनीहरूको आवाज दबाउन खोज्नु लोकतान्त्रिक मूल्यविपरित मात्र होइन, सम्पूर्ण राष्ट्रकै भविष्यमा प्रहार हो ।’

एसओएनपी यूकेले मृतक युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, सरकारले घट्नामा संलग्न व्यक्तिहरूलाई कारबाही गरी पीडितलाई न्याय दिलाउन पनि आग्रह गरेको छ ।
संस्थाका अध्यक्ष गजेन्द्र कटुवाल र महासचिव डा।विदुर घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो केवल व्यक्तिगत पीडामात्र होइन, लोकतान्त्रिक जनताको आवाजमाथि भएको प्रहार हो । सरकारको पहिलो जिम्मेवारी न्याय, शान्ति र समावेशी समाधान गर्नु हो ।’
एसओएनपी यूकेले न्याय, मानवअधिकार र लोकतान्त्रिक मूल्यहरूको पक्षमा निरन्तर उभिने प्रतिवद्धता समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here