म्याग्दीको बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार

 समाचार सारांश

  • आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दीमा ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भयो।
  • सिँचाइ सुविधा विस्तारका लागि ६ किलोमिटर पक्की नहर र अन्य संरचना निर्माण गरियो।
  • नदी नियन्त्रण योजनाबाट बाढी र कटानको जोखिममा रहेका क्षेत्रमा संरचना निर्माण गरियो।

म्याग्दी । यहाँस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१-०८२ मा सञ्चालन गरेका आयोजनामार्फत ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । 

frontline

साथै ७० हेक्टर जमिनमा सिँचाइ सुविधाको स्तरोन्नति भएको डिभिजनले जनाएको छ । छ किलोमिटर पक्की नहर, छ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण गरेर सिँचाइ सुविधा विस्तार र स्तरोन्नति भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताए । 

सिँचाइतर्फ २२ वटा योजनाका लागि रु चार करोड ८३ लाख ४० हजार बजेट विनियोजन भएकामा २१ वटा योजना कार्यान्वयन भएका छन् । सिँचाइमा विनियोजन भएको मध्य ९१ दशमलव ३१ प्रतिशत अथवा रु चार करोड ४१ लाख ४० हजार खर्च भएको छ । 

यसैगरी, नदी नियन्त्रण योजनाबाट बाढी र कटानको जोखिममा रहेका  छ स्थानमा ४० मिटर पक्की पर्खाल, २५० मिटर ‘ग्याबियन’ पर्खाल निर्माण भएको छ । रघुगङ्गा–१ बेगमा बेगमा पनि  ग्याबियन निर्माण गरेर पहिरो रोकथामको प्रयास भएको छ । 

नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० परिवार लाभान्वित र दुई दशमलव पाँच हेक्टर जमिन उकास भएको छ । नदी नियन्त्रण योजनाका लागि रु एक करोड ५० लाख ५० हजार विनियोजन भएकामा रु एक करोड ४७ लाख ६९ हजार खर्च भएको प्रमुख ओझाले जानकारी दिए । 

#सिँचाइनदी #नियन्त्रण #म्याग्दी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here