माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद विष्ट
फ्रन्टलाइन प्रदेश । नेपाल कम्युनिष्ट पार्टी माओवादी कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुर्खेतबाट निर्वाचित प्रदेशसभा सांसद ठम्मर विष्ट नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री एवम दलका नेता महेन्द्रबहादुर शाहीको नेतृत्वमा बिहीबार बसेको संसदीय दलको बैठकले सांसद विष्टलाई प्रमुख सचेतक नियुक्त गरेको हो । सांसद विष्टले नेकपा एकता कायम रहेको समयमा मुख्यमन्त्री शाही विरुद्ध दलको नेतामा यामलाल कंडेललाई बनाउने भन्दै अविश्वासको प्रस्तावमा हस्ताक्षर समेत गर्नुभएको थियो । नेकपा विवादमा रहँदा ओली पक्षमा ढल्किनै लागेका सांसद विष्ट पछि पुनः प्रचण्ड पक्षमा फर्किनुभएको थियो ।






प्रतिक्रिया दिनुहोस्