यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

ललितपुर । ललितपुरको पाटन दरवारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष यही कात्तिक २७ गते शुक्रबारदेखि प्रदर्शन हुने भएको छ ।

ऐतिहासिक कार्तिक नाच सञ्चालनका लागि तयारी भैरहेको नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । उनका अनुसार उक्त नाच हरेक १२ दिनसम्म साँझ ७ बजेदेखि नियमित रुपमा सञ्चालन हुनेछ ।

frontline

“यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ, प्रत्येक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ, यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ, सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच चलाएको जनविश्वास छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here