जेलमा हुँदा रविको त्यो भाकल, स्टिभ जब्सदेखि मार्क जुकरवर्गले पाइला टेकेको यो कैँची धाम
ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार तीन दिने भ्रमणका लागि पश्चिमी सीमा गड्डाचौकी हुँदै भारत गए। रास्वपाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक गत १८ जेठमा भारतको राजकीय भ्रमण गरेका लामिछाने अचानक पाँच महिनापछि फेरि त्यतै हानिएपछि राजनीति वृत्तमा चर्चाको विषय छ।
तर लामिछानेले यो पटकको भ्रमण राजनीतिक नभएर व्यक्तिगत धार्मिक यात्राको रुपमा रहेको बताएका छन्।
काठमाडौंबाट विमानमा कैलालीको धनगढी ओर्लिएका उनले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै यो भ्रमणलाई राजनीतिसँग नजोड्न आग्रह गरे। त्यति मात्रै होइन सभापति लामिछानेले आफू कारागारमा हुँदा गरेको भावल पूरा गर्न धार्मिक भ्रमणमा निस्किएको स्पष्ट पारे।
पत्नी निकितासहित भ्रमणमा रहेका लामिछाने भारत उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरको दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम छ।
धनगढी विमानस्थलमा लामिछानेले भनेका थिए, ‘पहिलादेखि जाने भाकल पनि थियो। मेरो परिवार पनि आध्यामिक भएकाले म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौँ भन्ने हो।’






प्रतिक्रिया दिनुहोस्