दार्चुलाको पुल प्रधानमन्त्री शाह र मोदीले आज संयुक्त रूपमा उद्घाटन गर्ने
दार्चुला : नेपाल र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उद्देश्यले महाकाली नदीमाथि निर्माण गरिएको दार्चुलाको मोटरेबल पुल दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने भएका छन्। दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत छारछुम जोड्ने पुलको नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको हो।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार पुलको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको भारतको धारचुला तहसिलका तहसिलदार दमनशेखर राणाले बताए। उनले भने, ‘उद्घाटनको समय भने अझै निर्धारण भइसकेको छैन।’
दुई देशका प्रधानमन्त्रीबाटै पुलको उद्घाटन हुने भएपछि भारतीय पक्षले पुल क्षेत्रमा आवश्यक साजसज्जा, प्राविधिक उपकरण तथा भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ। उद्घाटनका लागि आवश्यक सबै तयारी पूरा गर्न भारतको केन्द्र सरकारबाट पत्राचारसमेत भइसकेको तहसिलदार राणाले बताइन।






प्रतिक्रिया दिनुहोस्