अयोध्याबाट आउन लागेको रेल र तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागतको तयारी

जनकपुधाम। नेपाल-भारत रोटीबेटीका मूल सम्बन्ध रहेको धार्मिक स्थल जोड्ने जनकपुरधाम अयोध्या रेलसेवा प्रारम्भको तयारी छ । राजकीय भारत भ्रमणमा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्दैछन्।

उद्घाटनसँगै भारतको यूपीस्थित अयोध्याबाट सरयू कमला एक्सप्रेस जनकपुरधामको लागि प्रस्थान गर्ने छ । यसले दुई देशको रोटीबेटी सम्बन्धलाई थप बलियोसँगै धार्मिक तथा सांस्कृतिक तीर्थाटनमा ठूलो टेवा पुग्ने विश्वास छ । अयोध्या अर्थात् भगवान रामको जन्मभूमि र आदर्शनारी जानकीको ससुराल हो भने जनकपुरधाम जानकीको माइत र रामको ससुराल। यसले त्रेताकालीन सम्बन्धलाई प्रगाढ बनाउने विश्वास लिइएको छ।उद्घाटनसँगै जनकपुरधाम आउन लागेको रेल तथा त्यसमा सवार तीर्थ यात्रीलाई भव्य स्वागतको तयारी पनि छ।

frontline

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार अयोध्याबाट हिडेको रेल मंगबार बिहान सवा ९ बजे जनकपुरधाम आइपुग्ने समय तालिका छ । जनकपुर रेल्वे स्टेशनमा आइपुग्ने रेललाई ठाउँठाउँमा स्वागतको तयारी छ।

सरयू कमला एक्सप्रेसको १७ डब्बामा एक हजार बढी तीर्थ यात्री आउने अनुमान गरिएको छ । ‘रेल्वे स्टेशनमा रेल र आउनु हुने तीर्थ यात्रीलाई जनकपुरधाम बासीसहित हामीले भव्य रुपमा स्वागत गर्ने तयारी छ । त्यसको लागि विभिन्न प्रवन्धसँगै यहाँ सांस्कृतिक कार्यक्रम पनि राखेका छौं’ उनले अनलाइखबरसँग भने ।

उनका अनुसार यहाँ स्वागत सत्कार पश्चात तीर्थ यात्रीहरु जानकी मन्दिर लगायतमा पूजाआजा तथा दर्शन गर्ने छन् । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार यहाँ आउने पर्यटकहरूलाई दर्शन पूजाको व्यवस्था गरिएको छ । मन्दिरमा हुनेहरूलाई स्वागत समेत गरिने उनको भनाइ छ ।

‘अयोध्याबाट आउनु हुने श्रद्धालुहरुलाई जानकी मन्दिरमा दर्शन पूजाको व्यवस्थापनमा हामी जुटेका छौं । उहाँहरुलाई हामीले स्वागत पनि गर्छौं’ उनले भने । केही मन्दिरहरु घुमेर तीर्थ यात्रीहरु पुन: साढे १२ बजेसम्म रेल्वे स्टेशनमा फर्किनु पर्ने छन्। तीथ यात्रीलाई स्टेशनमा खाजाको व्यवस्था गरिँदै छ । खाजा खुवाएर पुन: उनीहरुलार्य बिदाइ गर्ने तालिका रहेको सञ्चालक प्रबन्धक पराजुलीले बताए ।

जनकपुरधामको अवलोकन गरेर फेरि फर्किनुपर्ने हुन्छ’ उनले भने ।

रेल आउने तयारीको लागि सुरक्षा तथा ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले पनि तयारी गरिरहेको छ ।

‘रेल आउँदा दिनुपर्ने सुरक्षा र ट्राफिक व्यवस्थापनको कामको तयारीमा हामी लागिरहेका छौं’ धनुषाका सहाक प्रमुख जिल्ला अधिकारी भुदेव झाले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here