तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् ।
उनले सुरुआतमा ५०० रुपैयाँ लगानी गरेर एक कट्ठा जग्गामा तरकारीखेती गरेका थिए । उत्पादित तरकारी बिक्रीबाट १० हजार रुपैयाँ आम्दानी भएपछि उनले खेती विस्तार गर्दै लगे ।



तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि खड्काले खेतीको क्षेत्रफल बढाउँदै लगे । अहिले उनी तीन बिघा जग्गामा विभिन्न प्रकारका तरकारी उत्पादन गर्दै आएका छन् । २०७२ सालदेखि व्यावसायिक रूपमा तरकारीखेतीमा लागेका उनले धान र गहुँखेतीको तुलनामा तरकारीखेतीबाट तीन गुणासम्म बढी फाइदा हुने भएपछि यसमै लागेको बताए ।
“एक कट्ठाबाट खेती सुरु गरेको थिएँ । त्यसपछि विस्तार गर्दै लगेँ । कोरोना महामारीका बेला रोजगारीका लागि भारतमा रहेका दुई छोरा पनि घर फर्किए”, खड्काले भने, “त्यसपछि हामीले मिलेर तरकारीखेतीलाई थप विस्तार गर्यौँ ।”






प्रतिक्रिया दिनुहोस्