जेठ ११ देखि १३ गतेसम्म प्राथमिक उपचार तालिम गर्दै योगदान राष्ट्रको लागि

योगदान राष्ट्रको लागि संस्थाले काठमाडौँमा केन्द्रीय स्तरको प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ ।
संस्थाले चाबहिल, काठमाडौँमा जेठ ११, १२ र १३ गते तीन दिनसम्म तालिम सञ्चालन गर्ने भएको हो । अध्यक्ष ओम प्रसाद उप्रेतीका अनुसार अभियानमा जोडिएका सदस्यहरुका लागि तालिम सञ्चालन गर्न लागिएको हो । शाखा विस्तार भएका ६० वटा जिल्लाबाट जिल्ला समितिको सिफारिसमा आएका प्रतिनिधिहरुले तालिममा सहभागि हुन पाउने उहाँले बताउनुभयो ।
यस्तै, तालिम लिन इच्छुक अभियान बाहिरका व्यक्तिहरुका लागि केही सिट रहेको बताउनुभयो । ७७ वटै जिल्लामा प्राथमिक उपचार तालिम सम्पन्न गरेको संस्थाले हाल केन्द्रीय स्तरको कार्यक्रम गर्न लागेको संस्थाका सचिव विष्णुमणी भण्डारीले बताउनुभयो ।
“प्राथमिक उपचार, हाम्रो सरोकार” भन्ने नाराका साथ अघि बढेको संस्थाले जिल्लास्तरमा, पालिका स्तरमा, वडास्तरमा पनि कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । तालिममा संस्थाका अध्यक्ष एवं अन्तराष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतीले प्रशिक्षण दिनुहुनेछ ।
वि।स। २०७७ सालमा स्थापना भएको संस्थाले ‘प्राथमिक उपचार, हाम्रो सरोकार’ भन्ने नाराका साथ काम गर्दै आएको छ । विभिन्न खालका सामाजिक कार्यबाट समग्र मुलुककै लागि योगदान दिन सकिन्छ भन्ने मुख्य हेतु र उद्धेश्यका साथ स्थापना गरिएको केन्द्रीय सदस्य एवं प्रवक्ता हिरण्यराज उप्रेतिले बताउनुभयो ।
उहाँका अनुसार योगदान राष्ट्रका लागि लामो समय देखि संयुक्त अरब इमिरेट्स ९युएई० मा रहँदै आउनुभएका ओमप्रसाद उप्रेतीले ल्याउनुभएको धारणा हो । उप्रेती युएईमा विशेष गरि विभिन्न खालका दुर्घटना, चोटपटक, बिरामी लगायतको प्राथमिक उपचारको क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले युएईमा सिकेको ज्ञान र सिपलाई नै नेपाल भर फैलाउने र यसैमार्फत समाज अनि राष्ट्र सेवा गर्ने उद्धेश्यका साथ नेपालका अधिकांश स्थानहरुमा चरण–चरणमा प्राथमिक उपचार सम्बद्ध अभियान र कार्यक्रमहरु संचालन गरिसक्नुभएको छ । योगदान राष्ट्रका लागि संस्थाले ७७ वटै जिल्लाहरुमा आफ्नो समाजसेवाको संजाल विस्तार गरिसकेको छ । अहिले अधिकांश जिल्लाहरुमा जिल्ला स्तरिय समुहहरु गठन भइसकेका छन् ।
विशेष गरेर बेहोस भएको, छारे रोग, अंगभंग भएको, घाँटीमा अड्केको, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेको, बिष सेवन गरेको, हृदयघात, दम, अन्य दुर्घटना, पानीमा डुबेको, प्राकृतिक विपक्ति लगायत अन्य विभिन्न खालका जोखिममा तत्काल उपचार गर्न सकिने बिषय र अपनाउनु पर्ने प्राथमिक उपचार सम्बन्धि ज्ञानलाई देशव्यापी अभियानकै रुपमा संस्थाले सक्रिय भएर नागरिक र समाजको सेवा गर्ने ध्येय लिएको छ ।


संस्थाले छोटो समयमा केन्द्र, प्रदेश, जिल्ला÷जिल्लामा समिति गठन गरि सक्रिय र जागरुक समुह अगाडी बढाएको छ । हाल २ हजार बढी युवा योगदान राष्ट्रको लागि संस्थामा जोडिएका छन् । युवा समिति र सञ्जाल मार्फत हरेक नागरिक र सर्वसाधारणमा प्राथमिक उपचार सेवा र सचेतना पु¥याउने लक्ष्य संस्थाको छ । संस्थाले हरेक तहमा स्वंयसेवक दस्ता खडा गरि राज्यलाई परेको आपतकालिन अबस्थामा सहयोग गर्ने तथा संस्थाद्धारा गुणस्तरीय एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ संक्रमणको समयमा जन्मिएको यस संस्थाले कारोनाको कहरमा अझ प्राथमिक उपचारको महत्व र आबश्यकतालाई बुझेर नै संस्थाको उदय भएको हो । विगतको लकडाउन र यसले पारेको समस्याका बेला नागरिक घरमा रहदा झनै मानसिक समस्या देखि अन्य भौतिक समस्याले समेत बढेको दैनिक गुजारा चलाउन समस्या भएकै कारण बिभिन्न घटना घट्न पुगेको सरकारकै बिभिन्न रेकर्डले देखाएको छ । तसर्थ प्राथमिक उपचारको ज्ञान र यसको उपयोग तथा उपभोग र कार्यान्वयनले धेरै नेपालीलाई जोगाउन सकिनेछ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका अवस्थामा पनि यस संस्थाले सचेतना सँगै दैनिक गुजारा चलाउन समस्या भएका परिवारहरुलाई राहतवितरण र मास्क र सेनिटाइजरको प्रयोग, भौतिक दुरी कायम, रक्तदान शिबिर तथा कोरोनाको समयमा फन्टलाईनमा काम गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको हौसला बढाउन दिप प्रज्वलन जस्ता कार्यमा समेत सक्रिय रहेको यस संस्थाले बर्खाको समयमा बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले बिचल्लीमा परेका नागरिकहरुलाई पनि सहयोग गर्न अग्रसर भयो । बाढी पहिरो, आगजनी जस्ता विपक्तिमा सदैव अग्रसर हुने प्रण संस्थाको छ । छोटो समयमा नै उत्कृष्ट अनि प्रभावशाली समाजसेवा कर्ममा आफुलाई सशक्त रुपमा उभ्याउन सफल भएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here