गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने, ३ बजेका लागि बोलाइयो प्रदेश सभा बैठक

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने भएपछि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

यसअघि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने व्यवस्था मिलाईदिन भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए। सोहि अनुसार प्रदेश सभाको बैठकको मिति तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

frontline

सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत लिने बाटो खुल्ला गरिदिएको थियो। मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाई समेत गणना गरेको र सोहि आधारमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएकाले नियुक्ती खारेज गर्न माग गर्दै गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले भने गण्डकीमा सभामुख बाहेक ५९ प्रदेश सभा सदस्य रहने र त्यसमा ३० सदस्य भए बहुमत पुग्ने भन्दै रिट नै खारेज गरिदिएको हो। सर्वोच्चले बहुमत पुग्ने नपुग्ने विश्वासको मत लिँदा परीक्षण हुने बताएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गत चैत २५ गते अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। नियुक्त भएको एक महिना अर्थात ३० दिन भित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान छ। सो अनुसार अधिकारीले बैशाख २४ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा वर्तमान सत्ता गठबन्धनसँग एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङे गरेर ३१ मत छ। सर्वोच्चको फैसला अनुसार विश्वासको मतका लागि सभामुखबाहेक ३० मत नै काफी हुने भएको छ।

तर माओवादीमा गणना हुँदै आएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले फ्लोर क्रस गर्ने आशंका सत्तारुढ गठबन्धनले गर्दै आएका छन्। त्यसैले गठबन्धनलाई बलियो बनाउन सत्ता गठबन्धनले राप्रपाको समर्थन खोजिरहेको छ। राप्रपापनि गठबन्धनमा मिसिए सत्ता गठबन्धनमा ३२ सांसद हुन्छन्। विपक्षी नेपाली कांग्रेसका २७ सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here