काठमाडौंको गैरिघाटमा यसरी गरियो छठको समापन

 प्रकृतिप्रति श्रद्धा, शुद्धता र सामाजिक सद्भावको अनुपम पर्व मानिने ‘छठ’ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ। चार दिनसम्म कठोर व्रत र निष्ठाका साथ मनाइने यस पर्वको मुख्य आकर्षणका रूपमा हिजो साँझ अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यलाई विशेष पूजासहित अर्घ्य अर्पण गरिएको हो।

चतुर्थी तिथिमा ‘नहाय–खाय’ विधिबाट सुरु भएको यस व्रतमा बर्तालुहरूले माछा, मासु, लसुन, प्याज तथा तामसिक भोजन पूर्ण रूपमा त्यागी अत्यन्तै चोखोपन अपनाएका थिए। काठमाडौँ उपत्यकाका गौरीघाट र गुह्येश्वरीसहित विभिन्न जलाशय तथा नदी किनारहरूमा हजारौँ सङ्ख्यामा भक्तजनहरू भेला भई भक्तिभावपूर्वक सूर्यदेवको उपासना गरेका थिए।

frontline

धार्मिक मान्यता अनुसार जल र सूर्य नै सम्पूर्ण जीवको प्राणस्रोत भएकाले यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ। मनले चिताएको मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ सूर्यको दर्शन गरी विधिपूर्वक छठ पर्वको समापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here