जुन जोगी आए नि विदेशै रोज्ने

काठमाडौं : पुरानो राजनीतिक संस्कार बदल्ने र राज्य सञ्चालनमा नयाँ थिति बसाल्ने उद्घोषसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा पुगेपछि भने पुरानै राजनीतिक दलहरूको कार्यशैली पछ्याउन थालेको छ। यसको पछिल्लो उदाहरण बनेको छ—संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा मन्त्री र उच्चपदस्थ सरकारी कर्मचारीहरूको बाक्लो उपस्थिति।

जलवायु परिवर्तनको चुनौती सामना गर्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी उपस्थिति आवश्यक छ। तर, यही सम्मेलनमा सहभागी हुन ५ जना मन्त्रीसहित दर्जन बढी वरिष्ठ सरकारी अधिकारीको ठूलो टोली टर्कीको अन्ताल्या पुगेको छ। अनावश्यक भीडभाडले सहभागिताको औचित्य र उपलब्धितामाथि प्रश्न उठ्न थालेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किए पनि अन्य केही मन्त्री र सरकारी अधिकारी भने अझै टर्कीएमै छन्। गृहमन्त्री सुदन गुरुङ यूएईमा छन् भने सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिना कतार भ्रमणमा छन्। 

frontline

कोप–३१ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्षराष्ट्रहरूको महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन हो। जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या, हिमाली क्षेत्रमा बढ्दो तापक्रम, प्राकृतिक विपद् र जलवायु वित्तको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउन यो मञ्च महत्वपूर्ण मानिन्छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here