शेख हसिनाको फिर्तीको माग गर्दै बंगलादेशमा प्रदर्शन
शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै उनको पार्टी अवामी लिगले बंगलादेशमा प्रदर्शन चर्काएको छ। बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता र समर्थकहरूले प्रदर्शन गरिरहेका छन्। हाल बंगलादेशमा अवामी लिग प्रतिबन्धित छ।
यसअघि, अवामी लिगसँग सम्बद्ध प्रदर्शनकारीहरूले पार्टीको जिल्ला कार्यालय कब्जा गरेर तोडफोड गरेका छन्। उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा पनि आगजनी गरेका छन्। प्रहरीको गाडीमा समेत तोडफोड तथा आगजनी गरिएको छ। सहरका अन्य भागमा पनि तोडफोड भएका समाचार आएका छन्।
आइतबार दिनभरि भएको विरोध प्रदर्शनपछि सरकारले गोपालगञ्जका उपायुक्त मोहम्मद आरिफ उज जमान र प्रहरी अधीक्षक मोहम्मद हबिबुल्लाहलाई पदबाट हटाएको छ।
गोपालगञ्जका केही स्थानमा तोडफोड र आगजनीका घटना भएका छन्। शेख हसिनाको भारतबाट सम्भावित फिर्तीलाई लिएर बढेको तनावका बीच यो विरोध प्रदर्शन भएको हो। विद्यार्थी विद्रोहपछि उनको सरकार ढलेपछि शेख हसिना अगस्ट २०२४ मा बंगलादेश छाडेर भारत गएकी थिइन्। त्यसबेलादेखि उनी भारतमै बस्दै आएकी छिन्।






प्रतिक्रिया दिनुहोस्