छठ पर्वलाई सुरक्षित, व्यवस्थित तथा दुर्घटनामुक्त बनाउने उद्देश्यले हेल्थ डेस्क, रेस्क्यु तथा उद्धार डेस्क स्थापना

रौतहट ।
श्री कान्त यादव
छठ पर्वलाई सुरक्षित, व्यवस्थित तथा दुर्घटनामुक्त बनाउने उद्देश्यले सशस्त्र प्रहरी बलले रौतहटको गौरस्थित बरहवा तालमा हेल्थ डेस्क, रेस्क्यु तथा उद्धार डेस्क स्थापना गरी राफ्ट सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नं ११ गण हेक्वाले जनाएको छ।
सशस्त्र प्रहरी बलको सांगठनिक नीति तथा महोत्तरी मुख्यालय मातहतका गणहरुमा बाहिनीपति विष्णु प्रसाद भट्ट का निर्देशनअनुसार र सशस्त्र प्रहरी बल रौतहट नं ११ गण हेकवा का सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशी को कमाण्डमा लोक आस्थाका महापर्व मानिने छठ पर्वको शुभ अवसरमा व्रतालु, श्रद्धालु भक्तजन तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै उक्त व्यवस्था मिलाइएको हो।


छठ पर्वका क्रममा हुन सक्ने सम्भावित दुर्घटना तथा अप्रिय घटनालाई रोकथाम गर्ने उद्देश्यले ताल क्षेत्रमा उद्धार टोली परिचालन गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गर्न हेल्थ डेस्कसमेत सञ्चालन गरिएको छ।
हेल्थ डेस्कमार्फत हालसम्म २५० जनाले स्वास्थ्य सेवा तथा आवश्यक सुविधा प्राप्त गरिसकेको गौर भन्सार गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) दुर्गा भट्टले जानकारी दिएका छन्।
श्रद्धालु भक्तजनको स्वास्थ्य सुरक्षा र आपत्कालीन अवस्थामा तत्काल उद्धार गर्न सशस्त्र प्रहरी बलले गरेको यो व्यवस्थाले छठ पर्वलाई थप सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।
छठ पर्वका अवसरमा श्रद्धा र आस्थासँगै सुरक्षा तथा सेवामा सशस्त्र प्रहरी बलको सक्रियता स्थानीयवासीका लागि सराहनीय बनेको छ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here