ईशनाथमा दुई महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न

मेवालाल यादव
ईशनाथ नगरपालिका अन्तर्गत लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित दुई जना महिला स्वास्थ्य स्वयंसेविका अनार देवी र मालती वर्मालाई नगरपालिकाले विशेष सम्मानसहित विदाइ गरेको छ।

शुक्रवार सम्पन्न एक कार्यक्रमका अवसरमा प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले दुवै सेविकालाई दोसाला ओढाई सम्मान गर्नुका साथै, जनस्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे। अनार देवी र मालती वर्मा विगत ५० वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय रहँदै आएका थिए।

frontline

“उहाँहरूले स्थानीय स्तरमा निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्, जुन अत्यन्त सराहनीय र प्रेरणादायक छ। यिनको योगदानले धेरै जनताले स्वास्थ्य लाभ पाएका छन्,” प्रमुख प्रशासकीय अधिकृत गुप्ताले भने।

सम्मानस्वरूप दुवै सेविकालाई रू ५,००० नगद राशिसहित दोसालाले सम्मान गरियो। कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गुप्ताले बाँकी जीवन सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरे।

कार्यक्रममा नगरपालिकाका स्वास्थ्य प्रमुख रविन्द्र झा, योजना प्रमुख ईशराजूल खा, नगर प्रमुखका स्वकीय सचिव प्रमोद यादव तथा सञ्चारकर्मीहरू समेतको उपस्थिति थियो। सम्मानित सेविकाहरूले यसरी सम्मानपूर्वक विदाइ पाउनु आफूहरूको लागि गौरवको विषय भएको प्रतिक्रिया दिएका थिए।

नगरपालिकाले आगामी दिनमा पनि यस्ता प्रेरणादायक सेवामा समर्पित व्यक्तित्वहरूको योगदानलाई सम्मानित गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here