आज ललितपुर महानगरपालिकामा शोक बिदा
समाचार सारांश
- ललितपुर महानगरपालिकाले पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा शोक बिदा दिएको छ।
- बज्राचार्यको ८९ वर्षको उमेरमा साउन ३ गते निधन भएको थियो।
- महानगरले बज्राचार्यको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
ललितपुर । आज ललितपुर महानगरपालिकाले शोक बिदा दिएको छ । पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा महानगरले सूचना प्रकाशित गरी शोक बिदा दिएको हो ।
बज्राचार्यको साउन ३ गते शनिबार ८९ वर्षको उमेरमा निधन भएको थियो । विभिन्न कालखण्डमा बज्राचार्यले ललितपुर महानगरको नगर प्रमुखको जिम्मेवारीमा रहेर सहरको विकासमा योगदान पुर्याएका थिए ।
जारी सूचनामा भनिएको छ ,‘ यस कार्यालयको साउन ४ गतेको निर्णय अनुसार महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा अत्यावश्यक सेवा बाहेकमा शोक बिदा दिने व्यहोरा सूचित गरिन्छ ।’
यसैगरी महानगरले उनको निधनले अपूरणीय क्षति भएको भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेर समवेदना प्रकट गरेको छ ।







प्रतिक्रिया दिनुहोस्