सोनम वाङ्चुकको चेतावनी : शान्तिपूर्ण प्रदर्शन दबाइए नेपाल, श्रीलंका र बंगलादेशको जस्तो अवस्था आउन सक्छ

८ कात्तिक, काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले भारतमा भइरहेको शान्तिपूर्ण प्रदर्शनलाई दबाउने प्रयासले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनले नेपाल, श्रीलंका र बंगलादेशमा भएका आन्दोलनको उदाहरण दिँदै प्रदर्शनकारीको आवाज दबाउनुको सट्टा उनीहरूका माग सुन्न भारत सरकारलाई सुझाव दिएका छन् ।

इन्डिया टुडेको रिपोर्टअनुसार, मुम्बईमा आयोजित आईपीएफ फेस्टिभलमा बोल्दै वाङ्चुकले शान्तिपूर्ण प्रदर्शनलाई सरकारका लागि जनताको प्रतिक्रिया बुझ्ने माध्यमका रूपमा लिनुपर्ने बताएका हुन् । उनका अनुसार यस्ता प्रदर्शनले सरकारलाई नागरिकका समस्या र असन्तुष्टि बुझ्न तथा आफ्नो कार्यशैली सुधार्न सहयोग पुर्‍याउँछन् ।

frontline

उनले बेलायत, नर्वे र स्विडेनजस्ता देशमा संसद् भवनबाहिर प्रदर्शन गर्न पाइने उल्लेख गर्दै भारतमा भने संसद्बाट टाढा प्रदर्शनस्थल तोकिएको बताए । नयाँदिल्लीको जन्तरमन्तर पनि संसद् भवनबाट टाढा रहेको उनको भनाइ थियो ।

वाङ्चुकले प्रदर्शनलाई सत्ताको केन्द्रबाट टाढा राख्न नहुने तर्क गरे । उनका अनुसार शान्तिपूर्ण प्रदर्शनले नागरिकको असन्तुष्टि बाहिर ल्याउने र सरकारमाथिको दबाबलाई व्यवस्थापन गर्न सहयोग गर्छ ।

उनको यो अभिव्यक्ति भारतमा प्रदर्शनकारीमाथि सरकारी कारबाही र विरोध प्रदर्शनको अधिकारलाई लिएर बहस भइरहेका बेला आएको हो । जन्तरमन्तरमा प्रदर्शनका लागि आह्वान गरिएको विषयलाई लिएर पनि केन्द्र सरकारको भूमिकामाथि प्रश्न उठाइएको थियो । प्रदर्शनकारीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता नामावलीको विशेष सघन पुनरावलोकनमा अनियमितता भएको आरोप लगाएका थिए ।

वाङ्चुकले शान्तिपूर्ण रूपमा असन्तुष्टि व्यक्त गर्ने अवसर नदिँदा नेपाल, श्रीलंका र बंगलादेशमा देखिएजस्ता परिणाम आउन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here