संकटग्रस्त म्यानमारमा कम्तीमा ५१ बालबालिका मारिएको तथ्य सार्वजनिक

फ्रन्टलाइन देश दुनियाँ । राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो ।

आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले गरेको हिंसात्मक आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो, राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले बताएका छन् । नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार उनले अप्रिल १३ तारिखसम्मको विवरण प्रस्तुत गरेका थिए । आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए ।

frontline

हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघले पटक पटक आग्रह गरे पनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यानमारको सत्ता हातमा लिएको छ । तत्कालिन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो । सर्वत्र विरोध हुदाँहुदै पनि सेनाले अटेरी गरिरहेपछि भइरहेको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७ सय बढिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here