श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, ४ वर्षीय छोरा पनि घाइते

धनुषा: धनुषामा दम्पतीबीच विवाद हुँदा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् भने त्यसपछि स्वयम् पनि आत्महत्या गरेका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित ससुराली गएको समयमा शनिबार राति ९ बजे विवाद हुँदा श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार भएको थियो। घटनामा श्रीमतीको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्।

frontline

धनुषाको उत्तरी क्षेत्र गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर बस्ने ३५ वर्षीय उमेश यादवले शनिबार साँझ माइती आएकी ३० वर्षीया श्रीमती रिना यादव र सँगै सुतेका ४ वर्षीय छोरा सम्राट यादवलाई धारिलो हतियार प्रहार गरेका हुन्। धारिलो हतियार प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here