भारतमा वाग्लेको अभिव्यक्तिले राजनीति तरंगित

काठमाडौं : अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको भन्दै दिल्लीमा दिएको अभिव्यक्ति विवादमा परेको छ। पूर्वपरराष्ट्रमन्त्री कमल थापा र एमाले नेता गोकुल बाँस्कोटाले वाग्लेको अभिव्यक्तिको आलोचना गरेका छन् भने राजनीतिक विश्लेषकहरूले पनि प्रश्न उठाएका छन्। भारतसँगको सम्बन्ध सुदृढ बनाउने सरकारी नीतिको बचाउमा आएको वाग्लेको अभिव्यक्तिले राष्ट्रियता र राष्ट्रिय हितको बहस चर्काएको छ।

यही बीचमा रास्वपा सभापति रवि लामिछाने पनि व्यक्तिगत धार्मिक भ्रमणका लागि भारत पुगेपछि उनको भ्रमणलाई लिएर समेत राजनीतिक वृत्तमा चासो बढेको छ। अर्थमन्त्री वाग्लेले भारतको एक कार्यक्रममा नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको बताएका थिए।

frontline

तीनदिने दिल्ली भ्रमणमा गएका अर्थमन्त्री एनडीटीभी वल्र्ड समिट २०२६ मा बोल्दै नेपाल र भारतबीचको सम्बन्ध निकै गहिरो रहेको बताएका थिए। उनले नयाँ सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ र नयाँ उचाइमा पु¥याउन चाहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here