पहिरोले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा
समाचार सारांश
- काभ्रेको रोशी गाउँपालिका-११ स्थित पिन्थलीमा लेदोसहितको पहिरो खसेर वीपी राजमार्ग अवरुद्ध भयो।
- डोजर प्रयोग गरेर पहिरो पन्छाइएपछि वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
- मध्यपहाडी लोकमार्ग अन्तर्गत खुकोर्टबाट कटारी जाने सडक पनि ३ ठाउँमा अवरुद्ध भएको थियो, जुन अहिले सञ्चालनमा आएको छ।
काठमाडौँ । पहिरोका कारण अवरुद्ध वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । आइतबार बिहान लेदोसहितको पहिरो खसेर काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।
डोजर प्रयोग गरेर पहिरो पन्छाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
मध्यपहाडी लोकमार्ग स्थित खुकोर्टबाट कटारी जाने सडक पनि ३ ठाउँमा अवरुद्ध भएको थियो । सो सडक पनि हाल सञ्चालनमा आएको एसपी सुवेदीले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्