दानाको मूल्यवृद्धिले संकटमा किसान, किन बढिरहेछ मूल्य ?

दूधको भाउ कम्तीमा लिटरको ७५ रुपैयाँ पुर्‍याउनुपर्ने माग गर्दै चितवनका दुग्ध किसानले ३० कात्तिकमा  सडक आन्दोलन चेतावनी सहित विज्ञप्ति निकाले ।

दैनिक ३ लाख ५५ हजार लिटर दूध उत्पादन गरी ५५ प्रतिशत काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मकवानपुर लगायत जिल्ला पठाउने तथ्यांक सार्वजनिक गर्दै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले पशु आहारको मूल्य आकाशिँदा पनि राष्ट्रिय दुग्ध विकास नीति २०७८ अनुसार प्रत्येक दुई वर्षमा हुनुपर्ने मूल्य पुनरावलोकन नगरिएको गुनासो गरेको छ ।

frontline

यही दबाबपछि बिहीबार दुग्ध विकास बोर्डले किसानका प्रतिनिधि र डेरी उद्योगीलाई एकै थलोमा राखेर छलफल त गर्‍यो, तर दूधको मूल्य कति तोक्ने भन्ने टुङ्गो चाहिँ लागेको छैन ।

यो समस्या कुखुराको खोर र ह्याचरी उद्योगसम्म पनि उस्तै छ । अन्डा, मासु र चल्ला उत्पादन गर्ने किसान तथा उद्योगीहरू यतिबेला दानाको भाउ बढेकै कारण उत्पादन लागत धानिनसक्नु भएको गुनासो गरिरहेका छन् ।

दूधदेखि अन्डा र मासुसम्मका सबै किसानलाई एकै पटक समस्यामा पारेको कारण हो– दाना र त्यसका मुख्य कच्चापदार्थ मकै तथा भटमासको मूल्यवृद्धि ।

किन बढ्यो दानाको मूल्य ?

नेपाल दाना उद्योग संघ अध्यक्ष उमेशचन्द्र सापकोटाका अनुसार दाना बनाउन आवश्यक कुल कच्चापदार्थको ८० देखि ८५ प्रतिशत हिस्सा मकै र भटमासजन्य वस्तुले ओगट्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय र क्षेत्रीय बजारमा यी दुवै वस्तुको मूल्य बढेको छ ।

‘दानाको मूल्य बढ्नुको मुख्य कारण नै मकै र भटमासजन्य कच्चापदार्थ हो, यी वस्तुको मूल्य १५ देखि २० प्रतिशतले बढेको छ,’ अध्यक्ष सापकोटाले भने, ‘तर कच्चापदार्थ जुन अनुपातमा बढेको छ, त्यो अनुपातमा दानाको मूल्य बढेको छैन, त्यसैले अहिले पनि दाना उद्योगीहरू घाटामा छन् ।’

सापकोटाका अनुसार पहिला प्रतिकिलो ३६ रुपैयाँ पर्ने मकै अहिले करिब ५० रुपैयाँ पुगेको छ । त्यस्तै भारतबाट आउने भटमासको पिना पहिला प्रतिकिलो ८५ रुपैयाँ पर्ने गरेकामा अहिले १ सय २० रुपैयाँभन्दा माथि पुगिसकेको छ ।

भारतमा महँगो भएपछि नेपाली उद्योगीले बङ्गलादेशबाट सस्तोमा भटमासको पिना ल्याइरहेका थिए । बङ्गलादेशले अमेरिकाबाट भटमास ल्याई मिलमा पेलेर तेल निकालेपछिको पिना सात दिनमै नेपाल आइपुग्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here