गैरकानुनी रुपमा सामग्री उत्खनन् गरेकोमा तीन वटा सवारी नियन्त्रणमा

काठमाडौं । प्रहरीले गैरकानुनी रुपमा नदीजन्य सामग्री उत्खनन् गरेको आरोपमा तीन वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

बर्दिया प्रहरीले मंगलबार दिउँसो बारबर्दिया-२ लठुवाघाटबाट तीन वटा टिपर, एउटा एक्साभेटर र एउटा ट्याक्टर नियन्त्रणमा लिएको हो।

frontline

निषेधाज्ञाको मौकामा नदीमा हेभीवेट सामग्रीसहित उत्खनन् गरिएको पाइएपछि सवारीसाधन नियन्त्रणमा लिइएको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा बुझाइएको कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

poster-here