एमसीसीको विरोधमा मंसिर २८ गते चितवन बन्दको घोषणा

श्रोत : ईन्टरनेट

२५ मंसिर, चितवन । मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा मंसिर २८ गते चितवन बन्दको घोषणा गरिएको छ ।

एमसीसी खारेजी अयिभान संयुक्त संघर्ष समिति आज (शनिबार) पत्रकार सम्मेलन आयोजना गर्दै २८ गते चितवन बन्दको घोषणा गरेको हो ।

frontline

२८ गते संसदको बैठक आह्वान गरिएको र सोही दिन एमसीसी सम्झौता बारे निर्णय पनि हुने भएकाले चितवनमा बन्दको घोषणा गरिएको संघर्ष समितिका सचिव अजिव पौडेलले बताए । चितवन बन्दका लागि १३ दलको समर्थन रहेको उनले दाबी गरे ।

उनका अनुसार नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, हाम्रो नेपाल हामी नेपाली, त्रिमुल पार्टी, देशभक्त जनतान्त्रिक मोर्चा नेपाल, नेकपा मसाल, सुनौलो नेपाल पार्टी, जनसरोकार मन्च, बैज्ञानीक समाजबादी पार्टी, राष्ट्रिय जनगाजरण मोर्चा र नेकपा एकिकृत समाजबादी पार्टीले समर्थन जनाएका छन् ।

उनको निर्णय रहर नभई बाध्यता भएको उनको भनाई थियो । बन्दका दिन शैक्षिक संस्था, कलकारखाना, बजार र यातायात पूर्ण रुपमा ठप्प पारिने हुने बताए ।

त्यस्तै देश भरिनै एमसीसीको विरोधमा धर्ना, जुलुस, अनसन, चक्काजाम जस्ता कार्यक्रम भईरहेको उनले बताए । एमसीसी खारेज नभएसम्म यस्ता कार्यक्रमलाई निरन्तरता दिईने उनको भनाइ थियो ।

एमसीसी नेपाल र नेपालीको हित विपरित भएको भन्दै विरोधमा उत्रिनु परेको संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले बताए ।

एमसीसीविरुद्ध जनहस्ताक्षर अभियान, विरोध कार्यक्रम, २७ गते मसाल जुलुस हुँदै २८ गते चितवनको आह्वान गरिएको उनले बताए ।

एमसीसी खारेज नभए देशव्यापी संघर्षको कार्यक्रमदेखि संसद भवन घेर्ने कार्यक्रम समेत गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here